विद्युत सर्ट भएर बझाङको छविसपाथिभेरामा आगलागी

विद्युत सर्ट भएर बझाङको छविसपाथिभेरामा आगलागी

बझाङ : विद्युत सर्ट भएर छविसपाथीभेरा गाँउपालिका वडा–१ मा आगलागि भएको छ । सोमवार राति सुगालाका रमेश गिरीको घरबाट आगलागी सुरु भएको हो । राति ९ बजे सुरु भएको आगलागी बिहान ४ बजेतिर मात्र नियन्त्रणमा आएको थियो ।

आगोले घर र पसल जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी तथा प्रहरी निरीक्षक नेत्र बोहराले जानकारी दिए ।

घरमाभएको सुन चाँदी, अन्न भाँडा कुडा र लुगाकपडाका जलेर खरानी भएको स्थानीयले बताए । अन्य घरमा समेत सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट कसरी भयो भन्ने विषयभने खुल्न सकेको छैन । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।