नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ आज संसदमा दिने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमाथि सत्तारुढ दल र विपक्षी दलका सांसदले विभिन्न प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले आज जवाफ दिन लागेका हुन् ।

दुई दिनसम्म सदनमा भएको छलफलपछि सांसदहरूले  नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत हालेका छन् ।

प्रधानमन्त्री ओलीले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिइसकेपछि संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ ।