रोल्पा अस्पतालको आइसोलेसनमा एक युवकको मृत्यु

रोल्पा अस्पतालको आइसोलेसनमा एक युवकको मृत्यु

रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । 

 मृत्यु हुनेमा रोल्पा नगरपालिका–१ का २२ वर्षीय युवक रहेका छन । आइतबार देखि आइसोलेसनमा रहेका उनको सोमबार दिउँसो मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए र काठमाडौंमा डायलाइसिस गराउँदै आएका थिए । आइतबार रोल्पा फर्किएलगत्तै उनलाई आइसोलेसनमा राखिएको थियो ।

 मृतक युवक कोरोना संक्रमित हुन् कि होइनन् भन्ने पत्ता लगाउन नमूना संकलन गरी दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको रोल्पा अस्पतालले जनाएको छ ।