इलाममा युवतीले गरिन आफ्नै बुबाको हत्या

इलाममा युवतीले गरिन आफ्नै बुबाको हत्या

 

इलाममा  एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् । 

इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले हिजो राति बुबा फुलबहादुर राईको हत्या गरेकी हुन् । शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झगडा भइरहने गरेको स्थानीयवासीले जनाएका छन । रातको समयमा झगडा हुँदा छोरीले नै हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

घरमा जेठी छोरी सुष्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झगडा भएको थियो । टाउकोमा चिर्पट प्रहार गरेर हत्या गरेको हुनसक्ने बताइएको छ । “गहिरो चोट नदेखिएका कारण धारिलो हतियार प्रयोग नभएको हो कि जस्तो छ, अनुसन्धान भइरहेको छ”, प्रहरी निरीक्षक राजकिशोर शाहले बताउनुभयो ।

 घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । छोरी सुष्मा भने बेलुकैबाट फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीको जनाएको छ ।