आगलागीबाट नौ लाख बराबरको ऊखु नष्ट

आगलागीबाट नौ लाख बराबरको ऊखु नष्ट

पुनर्वास :  कञ्चनपुरको पुनर्वास नगरपालिका वार्ड नं २ अरनिकोबस्तीमा सोमबार आगलागीबाट करिब नौ लाख बराबरको उखु जलेर नष्ट भएको छ ।

दिउसो साँढे दुई बजे तिर उखुबारीमा आगो लागेपछि स्थानियबासी र नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिईएको थियो ।

अरनिकोबस्तीका कृष्ण बहादुर तामनङ्गको एक बिघा, जेग बहादुर तामाङ्गको एक बिघा र मेनसार्की तामाङ्गको दस कठ्ठामा रहेको उखु बाली जलेर पूर्णरूपमा नष्ट भएको छ ।

आगलागी कस्ले र कसरी भयो भन्ने कारण भने खुल्न सकेको छैन। आगलागी बारे प्रहरीले अनुसन्धान गर्ने र दोषी पत्ता लागाएर कार्बाही प्रक्रिया अगाडि बढाईने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कर्ण बहादुर बमले बतानुभयो ।

घटना स्थलमा पुगी वडाध्यक्ष सन्त कुमार चौधरी द्वारा निरिक्षण गरिएको छ ।