प्रेस संगठन नेपाल कैलालीद्धारा पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

प्रेस संगठन नेपाल कैलालीद्धारा पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

धनगढी : प्रेस संगठन नेपाल कैलालीले जिल्लामा क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । विश्वमा फैलिएको कोरोना भाइरस बाट बच्न लागी फ्रन्टलाईनमा उभिए र काम गर्ने पत्रकारलाई प्रेस संगठन नेपाल कैलालीले पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

समाचार, सूचना र सन्देश प्रबाह गर्न अग्रभुमिकामा रहेका कैलालीका बिभिन्न सञ्चार माध्यम र मिडियामा आबद्ध सञ्चारकर्मिहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको प्रेस संगठन नेपाल कैलालीका अध्यक्ष हरिश बिकले जानकारी दिए ।

धनगढी सहित कैलालीका अत्तरिया, टिकापुर लगायतका क्षेत्रमा रहेका पत्रकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको प्रदेश सहसंयोजक नवराज भण्डारीले बताए ।