कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

कञ्चनपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको भीमदत्त नगरपालिकाको भाँसी क्षेत्रमा म२प ५२७ नंको मोटरसाइकल दुर्घटना हुँदा बेदकोट नगरपालिका–३ का मोहन चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलका अनुसार भीमदत्तनगरदेखि बेदकोटतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

उनका अनुसार मोहनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।