भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु

भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु


चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु भएको छ ।

रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्‍यु भएको हो। उनी ४ महिनादेखि टिबीको औषधि लिइरहेका बिरामी हुन् । उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।  उनको मृत्युको कारण खुलेको छैन  ।

सोमबार उनको स्वाब संकलन गरी भरतपुरको कोभिड-१९ परीक्षण प्रयोगशाला पठाइएको छ ।