सेती अस्पतालको आइसोलेसनमा भर्ना भएका पाँचजनाको पीसीआर रिपोर्ट आयो

सेती अस्पतालको आइसोलेसनमा भर्ना भएका पाँचजनाको पीसीआर रिपोर्ट आयो

धनगढी : कोरोना संक्रमणको आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कैलालीका पाँचजनाको परिक्षण रिपोर्ट नेगिटिभ आएको छ ।

कोरोना आशंकामा भर्ना भएका कैलालीका पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

कोरोना आशंकामा आइसोलेसन वार्डमा भर्ना भएका धनगढी उपमहानगरपालिका ५ का ३० वर्षीय पुरुष र उनकी २९ वर्षीया श्रीमती, कैलारी गाउँपालिका १ हसुलियाकी २७ वर्षीया महिला, त्यसैगरी धनगढी उपमहानगरपालिका १३ का ३० वर्षीय पुरुषको  कोरोना परीक्षण गरिएको थियो ।

परिक्षणमा ती सबै व्यक्तिको रिपोर्ट नेगेटिभ आएको हो ।