कोरोनाबाट सबैभन्दा प्रभावित तेस्रो मुलुक ब्राजिल

कोरोनाबाट सबैभन्दा प्रभावित तेस्रो मुलुक  ब्राजिल

 कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्यामा ब्राजिल तेस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ । 

सोमबार ब्राजिलले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसबाट दुई लाख ५५ हजार तीन सय ६८ संक्रमित फेला परिसकेका छन् । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट मृत्य हुने मानिसको संख्या पनि १६ हजार आठ सय ५३ पुगेको छ ।

अहिले ब्राजिल कोरोना भाइरसको महामारी कसरी नियन्त्रणमा लिने भन्ने विषयमा राजनीतिकरुपमा विभाजित देखिएको छ ।