प्रधानमन्त्री ओलीको स्पष्टोक्ति : कसैको दबाबमा नक्सा सार्वजनिक गरिएको होइन

प्रधानमन्त्री ओलीको स्पष्टोक्ति : कसैको दबाबमा नक्सा सार्वजनिक गरिएको होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कसैको दबाबबाट नभई सार्वभौमिकताका आधारमा भारतबाट मिचिएको भूमि समावेश गरेर नक्सा सार्वजनिक गरेको बताएका छन् । प्रधानमन्त्रीको सम्बोधनपछि मंगलबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । 

‘वर्तमान सरकार सार्वभौम समानतामा विश्वास गर्दछ, स्वाभिमानलाई प्राणभन्दा प्यारो ठान्दछ, त्यसैले देशको आवश्यकताअनुसार यो निर्णय लिइएको हो,’ उनले भने, ‘विदेशीले अरूको उक्साहटमा, अरूले खटाएर नेपालले यस्तो गरेको हो भनिरहे तापनि यो स्वाभिमानी राष्ट्र हो, कसैको  उक्साहटमा चल्दैन, सोही आधारमा निर्णय लिएका हौँ ।’

उनले वर्तमान सरकार सार्वभौमसत्ताको अधिकारका आधारमा चल्ने सरकार भएकाले देशहितका लागि अधिकतम गतिमा चल्नेसमेत बताए ।