कैलालीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु

कैलालीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु

धनगढी : कैलालीको जानकी गाउँपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर १ भुर्साका २१ वर्षीय प्रकाश चौधरीको मृत्यु भएको हो ।

कर्णाली नदीबाट आएको नहरमा माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस् भएका चौधरीलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो ।

कैलालीका प्रवक्ता  प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको हो ।

चौधरीसँगै माछा मार्न गएका सोही ठाउँका चारजनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।