मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत कैलालीका किसानलाई कृषि यन्त्र वितरण

मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत कैलालीका किसानलाई कृषि यन्त्र वितरण

धनगढी : कैलाली स्थित कैलारी गाउँपालिकाको वडा नम्बर ७ मा रहेको हरियाली गहुँ पकेट क्षेत्रका किसानलाई अनुदानमा कृषि यन्त्र र उपकरण प्रदान गरिएको छ ।

सुदूरपश्चिम सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमबाट किसानहरुलाई कृषि यन्त्र तथा उपकरणहरु अनुदानमा प्रदान गरिएको हो । मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा किसानलाई कृषि यन्त्र र उपकरण प्रदान गरेको हो । यन्त्र र उपकरणमा किसानको ५० प्रतिशत लगानी रहेको छ ।

एक कार्यक्रमका बीच हरियाली गहुँ पकेट सञ्चालन समिति मार्फत किसानलाई सो कृषि यन्त्र र उपकरण वितरण गरिएको छ । किसानलाई २१ वटा पावर टिलर, २० वटा रिपर र दुई वटा सीड ड्रिल वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले किसानलाई कृषि यन्त्र र उपकरण हस्तान्तरण गरेको कृषि ज्ञान केन्द्रका भूमिराज उपाध्यायले जानकारी दिए ।