आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित

आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित

सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम पारित भएको छ। संसद्‌को आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले २ जेठमा संसद्‌को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरेकी थिइन्। उक्त नीति तथा कार्यक्रममा सांसदहरूले छलफल गरेका थिए।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए।प्रतिनिधि सभाको अर्को बैठक १३ जेठ दिउँसो एक बजे बस्नेछ। सरकारले १५ जेठमा स‌ंसद्‍को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछ।