सार्वजनिक स्वास्थ्य संस्थाले सःशुल्क आरडीटी र पीसीआर परीक्षण गर्न पाउने

सार्वजनिक स्वास्थ्य संस्थाले सःशुल्क आरडीटी र पीसीआर परीक्षण गर्न पाउने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक स्वास्थ्य संस्थाले पनि सःशुल्करूपमा आरडीटी र पीसीआर दुवै परीक्षण गर्न पाउने नीतिगत निर्णय गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र शर्त पालना गर्ने गरी तोकिएका सार्वजनिक संस्थाहरूलाई परीक्षण गर्न दिने निर्णय गरेको जानकारी दिए।

स्वदेशी तथा विदेशी नागरिकहरूले लक्षण नदेखिएको भए पनि स्वेच्छाले तोकिएका सार्वजनिक संस्थाहरूमा गएर परीक्षण गर्न पाउनेछन्।  

परीक्षणको दायरा बढाउन यस्तो नीतिगत निर्णय भएको मन्त्रालयले जनाएको छ। परीक्षण गर्न ती सार्वजनिक स्वास्थ्य संस्थाले तोकिएको मापदण्ड पूरा गर्नुपर्ने, सूचनाको गोपनीयता र नियमित रिपोर्टिङको शर्त अनिवार्य पालना गर्नुपर्नेछ।