नेपालका ३६ जिल्ला पुग्यो कोरोना भाइरस, संक्रमित ४०२ कुन प्रदेशमा कति ?

नेपालका ३६ जिल्ला पुग्यो कोरोना भाइरस, संक्रमित ४०२ कुन प्रदेशमा कति ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ३६ जिल्लासम्म कोरोना फैलिएको छ । मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. विकास देवकोटाले नियमित ‘प्रेस ब्रिफिङ’मा मंगलबार दिएको जानकारीका अनुसार सबैभन्दा बढी प्रदेश नं. ५ मा १७६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

त्यस्तै, प्रदेश नम्बर–२ मा १३६, प्रदेश नम्बर–१ मा ५४, वागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा चार, सुदूरपश्चिम प्रदेशमा पाँच तथा कर्णाली प्रदेशमा एकजना संक्रमित भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र १७ जना आइसोलेसनमा बसिरहेका छन् । मंगलबार मात्र २७ जना संक्रमित फेला परेसँगै देशमा संक्रमितको संख्या ४०२ पुगेको छ । मंगलबार थपिएकाहरु १७ देखि ४२ वर्षका रहेका छन् । यीमध्ये तीनजना महिला हुन् ।

मंगलबार थपिएका झापाका नौ, कपिलवस्तुका चार, काठमाडौंका तीन, सर्लाहीका दुई, ललितपुरका एक, भक्तपुरका एक, सिन्धुलीका एक, लमजुङका एक, मकवानपुरका एक, रामेछापका एक, नवलपरासीका एक, सुनसरीका एक र मोरङका एकजना रहेका छन् ।

विराटनगरस्थित कोशी अस्पतालबाट मंगलबार झापाका एकजना ‘डिस्चार्ज’ भएका छन् । हालसम्म ३७ जना डिस्चार्ज भएका छन् । हाल देशभर २१ हजार ६२३ जना ‘क्वारेन्टाइन’मा रहेका छन् । ४५७ जना ‘आइसोलेसन’मा रहेका छन् ।