क्रियाशिल पत्रकारहरुलाई प्रेस संगठन नेपाल कैलालीले स्वास्थ्य सामाग्री वितरण

क्रियाशिल पत्रकारहरुलाई प्रेस संगठन नेपाल कैलालीले स्वास्थ्य सामाग्री वितरण

कोभिड १९ को महामारीका बेला स्वास्थ्यकर्मी, शुरक्षाकर्मी जस्तै अग्र पंक्तीमा रहेर काम गरिरहेका सञ्चारकर्मीका लागी प्रेस संगठन कैलालीले स्वास्थ्य सामग्री तथा लाइभ ज्याकेट सहयोग गरेको छ ।

कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य नारदमुनी राना र सुदूरपश्चिम फाउण्डेशनको सहयोगमा प्रेस संगठन कैलालीले सञ्चारकर्मीहरुलाई सो सामग्री सहयोग गरेको हो । संगठनले १ थान लाइभ ज्याकेट, ग्लोब्स, सेनिटाइजर तथा मास्क सञ्चारकर्मीहरुलाई वितरण गरेको हो । स्वास्थ्यकर्मी र शुरक्षाकर्मी जस्तै सञ्चारकर्मीपनि अग्र पंक्तिमा रहेर काम गरिरहेकाले रिपोटिङमा केही सहज होस भनेर सामग्री सहयोग गरेको प्रेस संगठन कैलालीका संयोजक हरिश बिकले बताए ।

स्वास्थ्य सामग्री हस्थान्तरण कार्यक्रममा सहभागि प्रदेशसभा सदस्य बिरमान चौधरीले यस बिसम परिस्थितीमा सञ्चारकर्मीको महत्वपुर्ण योगदान रहेको भन्दै प्रशंसा गरे । स्वास्थ्यकर्मी शुरक्षा कर्मी जस्तै खटिएर सञ्चारकर्मीलेपनि जनतालाई सत्य तथ्य सुचना प्रबाह गरिरहेकाले यस्ता स्वास्थ्य सामग्रीको थप आवश्यक्ता रहेको चौधरीले बताए ।