ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १७ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १७ हजारभन्दा बढीको मृत्यु

विश्वमा साढे चार महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ११८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १७ हजार ९७१ पुगेको छ ।

एकै दिन १६ हजार २६० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ६२८ पुगेको छ ।

१ लाख ४६ हजार ८६३ जनाको उपचार भइरहेको छ भने १ लाख ६ हजार ७९४ जना संक्रमण मुक्त भएका छन् । उपचारारतमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।