रुसमा कोरोना संक्रमितको संख्या ३ लाख नजिक, २८ सयको मृत्यु

रुसमा कोरोना संक्रमितको संख्या ३ लाख नजिक, २८ सयको मृत्यु

विश्वमा साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसबाट  रुसमा ३ लाख हाराहारी मानिस संक्रमित भएका छन् ।

एकै दिन ९ हजार २६३ जनामा संक्रमण देखिएको छ । योसँगै २ लाख ९९ हजार ९४१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ११५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ हजार ८३७ पुगेको छ ।

२ लाख २० हजार ९७४ जनाको उपचार भइरहेको छ भने ७६ हजार १३० जना संक्रमणमुक्त भएका छन्।