भारतमा झन् बढ्दै कोरोना संक्रमण, एकै दिन ६ हजारबढी संक्रमित थपिए !

भारतमा झन् बढ्दै कोरोना संक्रमण, एकै दिन ६ हजारबढी संक्रमित थपिए !

कोरोना भाइरसको संक्रमणले भयावह रूप लिएको भारतमा पछिल्लो समय दैनिक संक्रमित संख्या झन् बढ्दै गएको छ । त्यहाँ मंगलबार एकैदिनमा ६ हजार १४७ नयाँ संक्रमित थपिएका छन् । यो भारतमा एकै दिन संक्रमित पुष्टि भएको हालसम्मकै बढी संख्या हो । सोमबार भने त्यहाँ ४ हजार ६३० नयाँ संक्रमित थपिएका थिए ।

अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ६ हजार ४७५ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

भारतमा हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३०२ पुगेको छ । त्यहाँ मंगलबार मात्र कोरोना संक्रमणबाट १४६ जनाको ज्यान गएको छ । सोमबार पनि त्यहाँ १३१ जनाले ज्यान गुमाए भने आइतबार १५४ को ज्यान गएको थियो ।

संक्रमितमध्ये भारतमा ४२ हजारभन्दा बढी मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ६० हजार ८ सयभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरु उपचाररत छन् ।

भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएसँगै भारत सरकारले पुनः लकडाउनको अवधि २ सातासम्म बढाएको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई ३१ मेसम्म जारी राख्ने निर्णय गरेको छ ।