भाइरल जोडी बखत बिस्ट र प्रतिभा बिस्टको सबैलाई रुवाउने पहिलो गीत (भिडियो सहित)

भाइरल जोडी बखत बिस्ट र प्रतिभा बिस्टको सबैलाई रुवाउने पहिलो गीत (भिडियो सहित)

कैलाली : पश्चिम नेपालको कैलाली घर भई कर्म  थलो काठमान्डौँ बनाएका एक प्रतिभा जोडी भाईरल बनेका छन ।

प्रतिभा चौधरी बिष्ट र बखत बिस्ट यतिबेला मिडियामा अर्नर्वाता दिन भ्यानभ्याई छ । ३ करोड नेपालीलाई रुवाउने पहिलो गीत, बखत बिस्टले आफ्नै शब्द आफनै जीवनमा मेलखाने गीत, प्रतिभा बिस्ट र बखत बिस्टको अभिनय रहेको भिडियो भाइरल जोडीको गीत बजारमा आएको छ।

भाईरल जोडी बखत बिष्ट र प्रतिभा चौधरीले लेखेको पहिलो गीत ‘बनाउ नेपाल’ बजारमा आएको हो । उनिहरुले लेखेको गीतलाई गायक कर्णराज गिरिले निकै आकर्षक पारामा आवाज भरेका छन् । गितमा गायकसँगै भाईरल जोडी बखत र प्रतिभाको पनि अभिनय रहेको छ ।

गायक कर्णराज गिरिले राष्ट्रभावले लिप्त रहेको गीत ‘बनाउ नेपाल’ मा आफ्नौ आवाज दिन पाउँदा धेरै खुसी लागेको बताएका छन । उहाँले गीतमा जस्तै विदेशमा रहेका सारा नेपालीलाई नेपाल फर्कन आह्वान पनि गरेका छन् ।

त्यस्तै गीतका लेखक बखत बिष्टले गीतले विदेशमा रहेको नेपाली जनशक्तिलाई स्वदेश फर्कन आह्वान गरेको बतानुभयो ।

नेपाली युवा विदेश गएर नभई स्वदेशमै संघर्ष गरेमात्रै मुलुक समृद्धिको बाटोमा लम्कने उहाँको बुझाई छ । आगामी दिनमा पनि यस्तै गीतमा कलम चलाउने उहाँको भनाइ छ ।

पश्चिम नेपालका बखत र प्रतिभाले आपसमा विवाह गरेपछि यो जोडी अहिले संसारभर भाइरल भइरहेको छ । देश विदेशमा बस्ने धेरैले यो जाडीको प्रसंसा गरीरहेका छन् । उनिहरु अहिले काठमाण्डौमा बसेर संघर्ष गरीरहेका छन् ।