"ठाकुर ट्रेड लिंक लाई हदैसम्मको कार्वाही गर" : छानबिन समिती

"ठाकुर ट्रेड लिंक लाई हदैसम्मको कार्वाही गर" : छानबिन समिती

धनगढी । राहतमा कुहिएको चामल वितरण प्रकरणमा धनगढी उपमहानगरपालिकाले बनाएको छानविन समितिले आपूर्तिकर्तालाई हदैसम्म कारवाहीका लागि सिफरिस गरेको छ।

धनगढी उप–महानगरपालिकाको कार्यपालिका बैठकमा अनुगमन प्रतिबेदन पेश गर्दै आपुर्तिकर्ता ठाकुर ट्रेड लिंकलाई हदैसम्मको कारवाहीको सिफारिस गरिएको हो।

गुणस्तरहिन चामल आपुर्तिका लागि ठेक्का पाएको आपूर्तिकर्ता ठाकुर टे«ड लिंकलाई खरिद ऐन अनुसार सम्झौता अन्त्य गर्न सक्ने सुझाव दिएको छ।

छानविन समितिले वैशाख १४ गते भएको खरिद सम्झौता बमोजिम आपूर्ति नभएकाले खरिद सम्झौताको अन्त्य गर्न सक्ने उल्लेख गरेको छ।

आपूर्तिकर्ता फर्म ठाकुर ट्रेड लिंकले सम्झौता बमोजिम कार्यान्वयन गर्दा सम्झौता अनुरुपको दायित्व पालना नगरेको पाईएकोले सार्वजनिक खरिद ऐन ०६३ को दफा ६३ बमोजिम फर्मलाई कालो सूचीमा राख्ने कार्य लगायत अन्य प्रचलित कानून बमोजिम कारवाही गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने सुझाव पनि छानविन समितिले दिएको छ।