भारतमा १ लाख नाघे कोरोना संक्रमित, यस्तो छ पछिल्लो अवस्था

भारतमा १ लाख नाघे कोरोना संक्रमित, यस्तो छ पछिल्लो अवस्था

भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण हुने दर दिनानुदिन बढिरहेको छ । वल्डोमिटरको अनुसार यो समाचार तयार पार्दासम्म १ लाख ३ हजार ९ सय ३५ जना कोरोना संक्रमित भएका छन् । भने ३ हजार २ सय १६ जनाको कोरोनाको संक्रमणको कारण ज्यान गएको छ ।

त्यहा ४० हजार ८ सय ६५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ५९ हजार ८ सय ५४ जना अहिलेपनि उपचाररत रहेका छन् । बितेको २४ घण्टामा ३ हजार ६ सय ७ जना संक्रमित देखिएका छन् भने ६० जनाको मृत्यु भएको छ ।

यसैगरी विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को कारण विश्वभर ३ लाख २२ हजार ५ सय ७९ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ४९ लाख ४६ हजार १ सय ७९ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै हालसम्म कोरोना उपचार गरी १९ लाख ३६ हजार ६ सय ९४ जना मानिस घर फर्किएका छन् भने संक्रमित मध्ये ४५ हजार १ सय ५९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी कोरोनाको असर देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ९२ हजार ४ सय ७८ जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ७ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १५ लाख ५ हजार १ सय ७५ पुगेको छ ।

त्यस्तै ३ लाख ६० हजार ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमित मध्ये १६ हजार ८ सय ७० जना मानिसको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

अमेरिकाको न्यूयोर्क शहरमा मात्र हालसम्म कोरोनाको कारण २८ हजार ४ सय ८० जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । भने त्यहाँ हालसम्म ३ लाख ६१ हजार २ सय २२ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् ।