महेन्द्र भुलको पहिलो ठाडिभाका कोसेली “निकी छनकी आमा” बजारमा

महेन्द्र भुलको पहिलो ठाडिभाका कोसेली  “निकी छनकी आमा” बजारमा

धनगढी : डोटी जिल्ला सायाल गाउपालिका वडा न.२ सायल पैतोलामा बुबा हरि भुल आमा लाली देबी भुलको कोखबाट जन्मनुभएका महेन्द्र भुलले ठाडिभाका कोसेली “निकी छनकी आमा” बोलको पहिलो ठाडिभाका गित बजारमा ल्याएका छन ।

जसमा स्वर स्वयम महेन्द्रकै रहेको छ भने स्वरमा साथ गायीका रेखा जोशिले दिएकी छन ।महेन्द्र भुलको आफ्नै शब्द लयमा रहेको छ ।

उहाँले यो गित बिशेष डिजिटल युटुब च्यानेल मार्फत बजारमा ल्याएका छन । बालकाले उमेरदेखी आफ्नो भाषा कला सस्कृतिलाई जोगाउनु पर्छ भनेर सानैदेखि गित गाउने गरेको बताएका छन ।

यसरी नै आफ्नो मौलीक भाका लोप हुन नदिनको लागी भनेर आफ्नै पहचानलाई चिनाउनका लागी भएपनि यो गित बजारमा ल्याएको बताउनुभयो ।

उहाँ अहिले कञ्चनपुरको पुर्नवास नगरपालीका ११ अमरबस्तिमा बस्दै कर्मथलो बनाईरहेका छन ।सानैदेखी गितमा रुचि भएकै कारण र घर परिवारको साथ माया पाएर यहाँ सम्म पुग्न सफल भएको बतानुभयो ।

उहाँले अबका दिनमा पनि आफ्नो मौलिक भाषामा भएर आफ्नो भाषा कला सस्कृलाई लोप हुन नदिनको लागी साङगेतिक यात्रामा सधै अगाडी बढ्ने बताउनुभयो । यस गितलाई हेरेर सुनेर साथ दिन हुन उहाले अनुरोध गर्नुभएको छ । उहाँको साङगेतिक यात्रा सफल रहोस हाम्रो पनि शुभकामना