सघन शहरी विकासका सडकहरुको अनुगमन

सघन शहरी विकासका सडकहरुको अनुगमन

धनगढी : सघन शहरी विकास कार्यक्रम अन्तरगत धनगढीमा निर्माणाधिन सडकहरुलाई गति दिन यस क्षेत्रका सांसदहरुले निर्देशन दिनु भएको छ । 

उक्त आयोजना अन्तरगन निर्माण भइरहेका संरचनाहरुको मगलवार यस निर्वाचन क्षेत्रका प्रतिनिनिधि र प्रदेश सभाका सांसद, मेयर, प्रमुख जिल्ला अधिकारी लयागत अनुगमन गर्नु भएको छ । 

अनुगमन पश्चात सघन शहरी कार्यक्रमका अन्य संरचनाको काम सन्तोषजनक रहेको भए पनि सडकमा कामको तीब्रता र गुणस्तरीयता नभएको भन्दै मापदण्ड पु¥याएर चाडैँ काम गर्न प्रतिनिधि सभा सदस्य नारदमुनी राना र क्षेत्र नम्बर पाँचका प्रदेश सभा सदस्यहरुले सम्बन्धित निकायलाई निर्देशन दिनु भएको हो । 

सघन शहरी विकास कार्यक्रम अन्तरगत धनगढीमा २ चरणमा निर्माणधिन झण्डैँ ९२ किलोमिटर लम्बाईका विभिन्न सडक, पुलहरु, वडा नम्बर १५ मा रहेको प्रादेशिक जडिबुटी प्रशोधन केन्द्र, पार्क लगायतका संरचनाको मंगलवार संयुक्त अनुगमन गरिएको हो । 

अनुगमनमा निर्वाचन क्षेत्र नम्बर पाँचका प्रतिनिधि र प्रदेश सभाका सांसद, धनगढीका मेयर, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र निर्माण कार्यमा संलग्न सरोकारवालाको सहभागीता रहेको थियो । 
विभिन्न संरचनाहरुको अनुगमन पश्चात प्रतिनिधि सभा सदस्य नारदमुदी रानाले अन्य संरचनाको काम सन्तोषजनक भए पनि सडकहरुको काममा ढिलाई भइरहेको र गुणस्तरमा पनि कमजोरी भइरहेको भन्दै सम्बन्धित निकायलाई उक्त कुरामा निर्देशन दिनु भयो । 

अनुगमनका क्रममा ०७३ मा सम्झौता भएको शिवगंगा नदीमा निर्माणाधिन पुलको काम हालसम्म पनि २० प्रतिशत मात्रै सम्पन्न भएकाले निर्माण व्यवसायी चन्द्रशेखर मल्ललाई सबै सरोकारवालाले संयुक्त रुपमा चाँडै काम सम्पन्न गर्न निर्देशन दिनु भएको थियो । 

काम सम्पन्न नभए कारवाहीको दायरामा ल्याइने समेत सांसदहरुले चेतावनी दिनु भयो । 
सडक निर्माणका क्रममा वेहडावावा क्षेत्र परिसरमा मापदण्ड नपु¥याएर सडक पीचको तयारी गरिएको समेत पाइएको थियो । 

सरोकारवालाको निर्देशन पछि अब सडक निर्माणमा पाइएका कमजोरी सुधारेर कामलाई गति दिने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीका प्रमुख सुरेश कुमार वाग्लेले बताउनु भयो । 

अनुगमनले सडक निर्माण विभाग, शहरी विकास कार्यालय र उपमहानगरलाई थप काममा गति दिन सहयोग पुगेको भन्दै अव रुख कटानीको समस्या समाधान हुने वित्तिकै कामलाई गति दिने धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले बताउनु भयो । 

धनगढीको वडा नम्बर १५ मा निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको प्रादेशिक जडिबुटी प्रशोधन केन्द्रको भवन भने समयावधि अगावै सम्पन्न भएको छ । 

निर्माण कार्य सममय अगावै सक्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गरिने उपमहानगरले जनाएको छ । सघन शहरी विकास कार्यक्रम अन्तरगत धनगढीमा पहिलो चरणका २० र दोश्रो चरणका १७ गरि ३७ वटा शाखा सडकहरु कालोपत्रे हुन लागेका छन् । 

मंगलवार अनुगमन गरिएका ९२ किलोमिट लम्बाइका ती सडकहरुको लागत झण्डै डेढ अर्बको रहने अनुमान गरिएको छ ।