ट्रेस नेपालले विदेशमा भएका परिवारका सदस्यलाई फोनबाटै मनोसामाजिक परामर्श दिईदै

ट्रेस नेपालले विदेशमा भएका परिवारका सदस्यलाई फोनबाटै मनोसामाजिक परामर्श  दिईदै

उद्यमशिलता र रोजगारीका लागि तालिम तथा परामर्श केन्द्र ( ट्रेस ) कैलालीले लकडाउनको समयमा पनि फोन तथा विभिन्न सामाजिक संजालहरु मार्फत सुरक्षित आप्रवासन,बैदेशिक रोजगारी सम्वन्धि सूचना तथा मनोसामाजिक पराशर्मका सेवाहरु दिन थालिएको छ । 

ट्रेस नेपालले सुरक्षित आप्रवासी परियोजना अन्तर्गत कैलाली जिल्लामा वैदेशिक रोजगारीमा जानको लागि राहदानी वनाउन आउने सर्वसाधारणहरुलाई जिल्ला प्रशासन कार्यालय,कैलाली र ईलाका प्रशासन कार्यालय टिकापुरमा रहेको आप्रवासी श्रोत केन्द्र मार्फत वैदेशिक रोजागरीमा गएका जान लागेका र फर्की आउन लागेमा नागरिक तथा उनका परिवारमा लक्षित गरी सेवाहरु उपलब्ध गराउँदै आएको थियो । तर लकडाउनमा सेवा बन्द भएपछि हाल फोन तथा विभिन्न सामाजिक संजालहरु मार्फत मुख्यतयाःपाँच विशेष सेवाहरु निशुल्क सहि सूचना, निशुल्क कानुनी सहायता,वेपत्ता र मृत्यु भएकाहरुलाई आवश्यक सहयोग समन्वय गर्ने कार्यलाई निरन्तरता दिई रहेको ट्रेस नेपालका प्रबन्ध निर्देशक छत्र बमले बताउनु भयो । उहाँले आप्रवासी श्रोत केन्द्रको सम्पर्क नम्बरमा ०९१–५२१९७४ सम्पर्क गरी आफ्नो उजुरी दर्ता गराउन,गुनासो राख्न र आवश्यक परामर्श लिन सकिने जानकारी गराउनुभयो । लकडाउनको अवधिमा हाल सम्म २२० जनालाई परामर्श दिईसकेको निर्देशक बमले बताउनु भयो । 

यसका साथै कोरोना कहरले ल्याएको समस्याले पिर,डर,चिन्ता त्रास फेैलन गई एक्लोपन महशुस,तनाव व्यवस्थापनमा आउन सक्ने समस्याका लागि पनि परियोजना संचालित ४ स्थानिय तहहरु धनगढी उपनगरपालिका,घोडाघोडी नगरपालिका,गरपालिक ,जानकी गाउँपालिका र टिकापुर नगरपालिकामा रहेका परामर्शकर्ताहरुले आवश्यकता अनुसार मनोसामाजिक परामर्र्श सेवा उपलब्ध गराउँदै आएको छन् र उक्त कार्र्यले उनीहरुको भावनामा परेका असर र प्रभाव कम गर्न सहयोग भएको छ । 
फोन मार्फत परामर्शले उनीहरुको तनाव चिन्ता डर आदिका वारेमा व्यक्त गर्ने अवसर प्राप्त हुन्छ र दैनिक जीवनमा सहजता ल्याउन सक्षम भैरहेको र यो कार्य अरु नगर तथा गाउँपालिकामा समेत टेवा पुगेको मनोसामाजिक परामर्शकर्ताहरु बताउँछन् । 

परियोजना नेपाल सरकार र स्वीस सरकारको द्धिपक्षिय सम्झौता अन्र्तगत हेल्पटास नेपालको प्राविधिक सहयोगमा धनगढी उपमहनगरपालिकाको नेतृत्वमा घोडाघोडी नगरपालिका,टिकापुर नगरपालिका र जानकी गाउँपालिकामा संचालित छ । यसैगरी ट्रेस नेपालले केही दिन अघि कोरोना भाईरसको संक्रमणबाट बच्न र बैदेशिक रोजगारीमा गएका परिवारका सदस्यहरुलाई लक्षित गरी कैलालीको धनगढी उपमहानगरपालिका,गौरीगंगा नगरपालिका,घोडाघोडी नगरपालिका,टिकापुर नगरपालिका र जानकी गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको थियो ।