भारतमा २४ घण्टा यता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिए

भारतमा २४ घण्टा यता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिए

भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख १२ हजार नाघेको छ । एकै दिन थप ५ हजार ५५३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख १२ हजार २८ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ४३४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १३२ जनाको मृत्यु भएको छ ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।