ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १८ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १८ हजारभन्दा बढीको मृत्यु

विश्वमा साढे चार महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ८७६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १८ हजार ८५९ पुगेको छ । एकै दिन १९ हजार ६९४ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ लाख ९१ हजार ५७९ पुगेको छ ।

१ लाख ५६ हजार ३७ जनाको उपचार भइरहेको छ भने १ लाख १६ हजार ६८३ जना संक्रमण मुक्त भएका छन् ।