यस्तो छ खाडी मुलुक कतारको पछिल्लो कोरोना अपडेट

यस्तो छ खाडी मुलुक कतारको पछिल्लो कोरोना अपडेट

कोरोना महामारीका कारण अहिले विश्वनै त्रस्त छ । खाडी मुलुक कतारमा यो समाचार तयार पार्दासम्म ३७ हजार ९७ जना मानिसमा कोरोना संक्रमण देखिएको र १६ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ ।

त्यस्तै आज मात्र १ हजार १ सय ४ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । कतारमा आज मात्र १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कतारमा ६ हजार ६ सय जना स्वास्थ्य लाभ पछि घर फर्केका छन् ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख २६ हजार २ सय ५२ जना मानिसको मृत्यु भइसकेको छ । भने ५० लाख ३७ हजार ९९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या १९ लाख ९० हजार १ सय ५६ जना रहेका छन् ।