रुसमा कोरोना संक्रमितको संख्या ३ लाख ८ हजार नाघ्यो , २९ सयको मृत्यु

रुसमा कोरोना संक्रमितको संख्या ३ लाख ८ हजार नाघ्यो , २९ सयको मृत्यु

विश्वमा साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसबाट  रुसमा ३ लाख ८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ७६४ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ८ हजार ७०५ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १३५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ हजार ९७२ पुगेको छ ।

२ लाख २० हजार ३४१ जनाको उपचार भइरहेको छ भने ८५ हजार ३९२ जना संक्रमणमुक्त भएका छन्।