कैलालीको मोहना नदीमा डुबेर एक जना बेपत्ता

कैलालीको मोहना नदीमा डुबेर एक जना बेपत्ता

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका १९ मोहना नदीमा एक जना डुबेर बेपत्ता भएका छन् । मंगलबार दिउसो करिब ४ बजे धनगढी उपमहानगरपालिका १९ का स्थानीय कृष्ण वली मोहना नदीमा डुबेर बेपत्ता भएका हुन् ।

राष्ट्रिय अनुसन्धानका हवल्दार बिनोद जोशी ,स्थानीय प्रकाश खत्री र ओलिसंगै बसेर मदिरा सेवन गरेको र त्यसपछि नदिमा नुहाउने क्रममा वली बेपत्ता भएका हुन् ।

हवल्दार जोशीले वली डुबेर बेपत्ता भएको खबर प्रहरीलाई गरेका थिए । उनी बेपत्ता भएको जानकारी पाएलगत्तै उहाँको खोजीकार्य सुरु गरिएको थियो ।

‘हामीले जानकारी पाएलगत्तै बेपत्ताको खोजीकार्य सुरु गरेको र अहिले सम्म अवस्था पत्ता नलागेको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरि वलीले बतानुभयो ।