दिनेश सञ्चार गृहका पत्रकार माथी यौन दुर्व्यवहार र कुटपिट

दिनेश सञ्चार गृहका पत्रकार माथी यौन दुर्व्यवहार र कुटपिट

धनगढी । दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथी मंगलबार कञ्चनपुरमा यौन दुव्र्यवहार र कुटपिट भएको छ। दिनेश खवरकी समाचार संयोजक आर्जु हमालमाथि यौन दुव्र्यवहार र संवाददाता जनक विष्टमाथि कुटपिट भएको हो। कञ्चपुरकी अधिकारकर्मी शारदा चन्दको ‘मेरो कथा’ रेर्कडिङ सकेर दैजीको सम्झना होटलमा नास्ता गरि धनगढी फर्किने बेला वेदकोट नगरपालिकाका स्थानीय केदार भनिने केशव विष्टको समूहले यौन दुव्र्यवहार र कुटपिट गरेको हो। 

नास्ता गरिसकेपछि काउण्टरमा जनक विष्टले रकम तिरिरहेका थिए भने आर्जु एक्लै टेबलमा बसेकी थिईन्। सोही समयमा आर्जुको टेवलमा रहेको पानीको बोतल लैजादै उनीमाथि अस्लिल गाली गलौज सहित यौन दुव्र्यवहार गरेपछि जनक विष्टले सोधपुछ गर्दा विवाद भएको थियो। प्रहरी र स्थानीय जनप्रतिनिधिलाई खबर भएपछि घटनास्थल पुगेर विवाद साम्य पारिएको थियो।

केदार विष्टले आफ्नो गल्ती भएको भन्दै आर्जु र विष्टसँग माफी मागेका थिए। प्रहरीले स्कटीङ गरेर आर्जु र विष्टलाई दैजी पुल सम्म पुगायो। तर कञ्चनपुरकै वाणीबाट मोटरसाइकलमा पिछा गर्दै आएका दुईजना युवाले गुलरिया चोक नजिकै रोक्दै दुवैजनालाई कुटपिट गरेका हुन्। दैजीमा लफडा गर्ने तै होस् भन्दै मोटरसाईकल रोकेर आर्जुमाथि हातपात गर्दै लठ्ठीले दुवैजनालाई कुटपीट गरेको विष्टले बताए।

घटना लगत्तै गुलरिया प्रहरीलाई पनि खबर गरेको तर प्रहरी नआएपछि कुटपिट गर्नेहरु भाग्न सफल भएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आक्रमणकारीको खोजी जारि रहेको जनाएको छ। आक्रमणकारी विरुद्ध जवरजस्तीकरणी उद्योग र अपराधीक बल प्रयोग गर्ने उद्योगमा जाहेरी हाल्ने तयारी भएको छ।

यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। प्रदेश समिति समाचार संकलनका क्रममा रहेका सञ्चारकर्मीहरुलाई दुव्र्यवहार तथा कुटपिट गर्ने व्यक्तिहरुलाई कडा कानूनी कारवाही गर्न सुरक्षा निकाय समक्ष माग गर्दछ, जारि विज्ञप्तीमा भनिएको छ। प्रदेशका महासचिव योगेश रावलद्वारा जारि विज्ञप्तीमा पछिल्लो समयमा श्रृङ्खलावद्ध रुपमा पत्रकारमाथि आक्रमणका घटनामा संलग्नमाथि कुनै कार्वाही नहुने किसिमको दण्डहिनता मौलाएको देखिएको उल्लेख छ। यस्ता घटना पुनः दोहोरिन नदिने तर्फ पनि सरोकारवाला निकाय गम्भिर बन्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ। 

नेपाल पत्रकार महासंघ कैलालीले पनि  घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। सहसचिब श्रवण देउवा द्धारा हस्ताक्षरित विज्ञप्तीमा घटनामा संलग्न लाइ कडा कार्वाही सहित निन्दा गरिएको छ । 

 

यस्तै नेपाल पत्रकार महासंघ कञ्चनपुरले पनि  घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

पत्रकार महासंघ कञ्चनपुरका सचिव अमर बहादुर चन्दद्धारा जारी गरिएको विज्ञप्तीमा दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरिएको छ। नेपाल पर्यटन पत्रकार महासंघ केन्द्रीय समितिले पनि विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्र्सना गर्दै दोषीलाई कारवाहीको माग गरिएको छ।

 

पर्यटन पत्रकार महासंघका अध्यक्ष धनिराम शर्माद्धारा जारी विज्ञप्तीमा स्थानीय प्रशासनसँग कारवाहीको माग गरिएको छ।