होटल तथा रिसोर्ट क्वारेन्टाइनका लागि प्रयोगमा ल्याइने

होटल तथा रिसोर्ट क्वारेन्टाइनका लागि प्रयोगमा ल्याइने

काठमाडौ । विदेशबाट फर्किएका नागरिकलाई राख्न होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ । 

शहरी विकास मन्त्रालयमा भएको छलफलमा  राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टिन बनाउनेबारे आवश्यक परामर्श थालिएको बताउनुभयो । 

उहाँका अनुसार हाल काठमाडौँ उपत्यकामा ५१८ श्यया तयारी अवस्थामा छन् । देशभर भने करीब ६५ हजार क्वारेन्टिन तयारी अवस्थामा रहेकामा २५ हजार सर्वसाधारण क्वारेन्टिनमा छन् ।