नयाँ नक्सा सार्वजनिक भए लगत्तै विकिपिडियाले नेपालको क्षेत्रफल अपडेट गर्यो

नयाँ नक्सा सार्वजनिक भए लगत्तै विकिपिडियाले नेपालको क्षेत्रफल अपडेट गर्यो

धनगढी । नेपालको क्षेत्रफल ३३५ वर्गकिमी थप गरी हाल कुल क्षेत्रफल १,४७,५१६ वर्गकिमी कायम गरेको छ। सरकारले लिम्पियाधुरा सहितको नक्सा मंगलबार सार्वजनिक गरे पछि वीकिपिडियामा नेपालको क्षेत्रफल थप गरेको छ। वीकिपिडियाले क्षेत्रफल थप गरेर सच्याए पछि नेपालको कुल क्षेत्रफल बृद्धि भएको पाइएको हो।

भारतले नेपाली भूमि कव्जा गरी सडक निर्माण गरे पछी विवाद चुलिएको हो ।नेपाल ले हालै लिम्पियाधुरा, कुटी, नावी, कालापानी, टिङकर, गुन्जी, सार्पा भञ्ज्याङ, लिपुलेक भञ्ज्याङ, टिङकर भञ्ज्याङ र नुमुचे भञ्ज्याङलाई समेटेर नक्सा सार्वजनिक गरेको छ।