कैलालीको गौरीफन्टा सिमाबाट आज पनि हजारौ नागरिकको उद्धार, अहिले सम्म उद्धार जारी

कैलालीको गौरीफन्टा सिमाबाट आज पनि हजारौ नागरिकको उद्धार, अहिले सम्म उद्धार जारी

धनगढी : सुदूरपश्चिम प्रदेशको प्रमुख नाका गौरीफन्टाबाट आज पनि हजारौ नागरिकको उद्धार भइरहेको छ । भारतका विभिन्न शहरबाट आएका नेपाली नागरिकहरुलाई गौरिफन्टाबाट अहिले पनि उद्धार कार्य जारी रहेको बताइएको छ ।

लकडाउनपछि रोजगारी गुमेपछि नेपालीहरु नेपाल फर्कन थाले पछि आजभोलि सिमामा निकै भिडभाड हुने गरेको छ ।

दिउसो देखि उद्धार जारी गरिएकोमा अहिले सम्म २ हजार भन्दा बढीको उद्धार भइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । आज पनि उनीहरुलाई परीक्षण बिना नै भित्र्याएको छ ।