अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपासना स्थलहरू तत्काल खोल्न निर्देशन दिएका छन्। “अमेरिकामा प्रार्थनाको धेरै आवश्यकता छ, कम होइन,” ट्रम्पले भने। प्रान्तका गभर्नरहरूको आलोचना गर्दै ट्रम्पले मदिरा पसल र गर्भपतनका क्लिनिकहरू खोलेर उपासना स्थलहरू बन्द राखिएको बताए।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले जारी गरको ६० पृष्ठको गाइडलाइनमा उपासना स्थलहरू खोल्ने विषय नसमेटिएपछि राष्ट्रपति ट्रम्पको अभिव्यक्ति आएको हो।
बीबीसीका अनुसार उनको अभिव्यक्तिपछि राज्यका गभर्नरहरू चर्चलगायत धार्मिक स्थलहरू खोल्नुपर्ने दबाबमा परेका छन्। आफ्नो आदेश नमान्ने गभर्नरको नेतृत्व रहेका राज्यमा उनले केन्द्रीय सरकारको सहायता बन्द गर्न सक्ने छन्।