धनगढीका क्वारेन्टाइनमा रहेका नागरिकलाई निसर्ग अस्पतालद्धारा खानाको व्यवस्था

धनगढीका क्वारेन्टाइनमा रहेका नागरिकलाई निसर्ग अस्पतालद्धारा खानाको व्यवस्था

धनगढी : भारतको गौरीफन्टाबाट उद्धार गरी धनगढीका विभिन्न क्वारेन्टाइनमा राखेका नागरिकहरुलाई धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले खानाको व्यवस्था गरेको छ । भारतका विभिन्न शहरबाट फर्किएर नेपाल–भारत सिमाना गौरीफन्टामा अलपत्र परेका नागरिकहरुलाई धनगढीका क्वारेन्टाइनमा राखेपछि निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले खाना खुवाउने काम सुरु गरेको हो ।  

धनगढी उप महानगरपालिकाले गौरीफन्टाबाट उद्धार गरी नवदुर्गा माविमा राखिएका नेपालीहरु लाई रोयल कोलाबोरेटिभ्सको खाना खुवाउने अभियान अन्तर्गत निसर्ग अस्पतालले खाना खुवाउन थालेको अस्पतालका अध्यक्ष तिर्थ पन्तले बताए ।

भारतबाट उद्धार गरी शुक्रवार साँझ सो विद्यालयमा राखिएका ५ सय भन्दा बढीलाई रोयल कोलावोरेटिभ्सले सञ्चालन गरेको दानापानी अभियान अन्तर्गत खाना खुवाईएको हो । हरेक दिन भारतबाट आउने नेपालीहरुलाई निसर्ग हस्पिटलले खाना खुवाउने उनले जानकारी दिए ।

रोयल कोलाबोरेटिभ्सका अध्यक्ष गजेन्द्र शाहीका अनुसार खाना पकाउने र खुवाउने कामको जिम्मेवारी रोयल कोलाबोरेटिभ्सले लिएको छ ।