सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह को निधन भएको छ । उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन् ।

मेडिसिटी अस्पतालमा उपचारको क्रममा ८१ वर्षको उमेरमा  उनको निधन भएको हो । उनको घर काठमाडौंको पकनाजोल हो । उनका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन् । श्रेष्ठ पनि अस्वस्थ छन् । उनीहरुका एक छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन् ।