कंचनपुरको महाकाली नहरमा पौडी खेलिरहेका एक युवक बेपत्ता

कंचनपुरको महाकाली नहरमा पौडी खेलिरहेका एक युवक बेपत्ता

 कंचनपुर : 
कंचनपुरको महाकाली सिँचाई आयोजाना अन्तर्गत रहेको महाकाली नहरमा पौडी खेल्दा खेल्दै एक जना युवक बेपत्ता भएका छन । भिमदत्त नगरपालिका वडा नम्बर ६ पुरानो केडिसि नजिक नहरको साइफन नजिकै नुहाउदै गरेका युवक  वेपत्ता भएका हुन। जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक रविन्द्र पौडेलका अनुसार ती युवक  नहरमा एक्लै पौडिरहेका थिए । प्रहरी प्रवक्ता पौडेलले उनको खोजि कार्य भइरहेको  बताएका छ्न । महेन्द्रनगर बसपार्कको उत्तरतर्फ ऐठपुर जाने पुल नजिकै नहरमा नुहाउदै गरेका उनी बेपत्ता भएका हुन । नुहाउने क्रममा वेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनको नहरमा खोजी कार्य जारी छ । वेपत्ता भएका पुरुषको  पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी  कार्यालयका प्रवक्ता पौडेलले बताएका छ्न।