कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

धनगढी : कैलालीमा  माटोको  ढिस्कोमा पुरिएर  एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन ।  

जिल्लाको बदैगोरिया गाँउपालिका वडा नम्बर ३ बुटकौवा भन्ने स्थानमा घर पोत्ने माटो खन्ने क्रममा आज बिहान सोही ठाउँकी ३६ बर्षिय डम्मरा खत्रीको मृत्यु भएको  ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए ।

यस्तै घाईते हुनेमा सोही ठाउकै १९ बर्षिय कल्पना खड्का र ९ बर्षिय सुनिल  ढुङ्गाना रहेका छन ।अहिले घाईतेहरुको घोडाघोडी अस्पतालमा उपचारका भईरहेको प्रहरीले जनाएको छ ।