डडेल्धुराका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य

डडेल्धुराका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य

डडेल्धुरा : शुक्रबार डडेल्धुरामा कोरोना पोजिटिभ देखिएका युवकको स्वास्थ्य अवस्था समान्य रहेको छ । सहरी विकास मन्त्रालयको कार्यालय डडेल्धुरामा कार्यरत एक कर्मचारीमा कोरोना पोजिटिभ देखिए पनि अवस्था भने समान्य रहेको डडेल्धुरा अस्पतालले जनाएको छ ।

अस्पतासँगै रहेको आइसोलेसन कक्षमा रहेका उक्त युवकको स्वास्थ्यमा कुनै समस्या नदेखिएको डडेल्धुरा अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । स्क्रवटाइफसको उपचार गरी घर फर्केका युवकको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

उच्चज्वारो र अन्य लक्षणका कारण अस्पताल पुगेका युवाको स्वास्थ्य परीक्षण गर्दा स्क्रवटाइफस देखा परेको र धेरै ज्वरो भएका कारण स्वाव सकंलन गरी छोडिएको डडेल्धुरा अस्पतालका मेसु जगशिचन्द्र विष्टले बताए ।

६ गते स्वाव सकंलन गरी ७ गते परीक्षणका लागि धनगढी पठाइएको उक्त युवकको पिसिआर रिपोर्ट ९ गते मात्रै आएको हो । कोरोना पोजिटिभ देखिएका उक्त युवकलाई डडेल्धुरा अस्पतालले स्वाब सकंलन गरी छोडेको थियो । उनी कार्यालय नजिकै डेरामा बस्दै आएका थिए ।  अस्पतालले छोडेपछि पनि उनी कार्यालयमा काम गर्नका लागि पुग्ने गरेको खुलासा भएको छ ।