सीमा निगरानीका लागि झुलाघाटमा पहिलो पटक सशस्त्रको ‘बिओपी’ स्थापना

सीमा निगरानीका लागि झुलाघाटमा पहिलो पटक सशस्त्रको ‘बिओपी’ स्थापना

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको छ। नेपाल सरकारको नीति अनुसार सीमा नाकामा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको हो। 

जिल्लाको भारतसँग नाका जोडिएको एक मात्र वैध नाकाको रुपमा रहेको झुलाघाटमा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीका प्रहरी नायव उपरीक्षक अमित सिंहले जानकारी दिए।

तत्कालका लागि सशस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्व सीमाको बिओपी सशस्त्र प्रहरी खटाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए। 

सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथाकीले सीमा नाका झुलाघाट शनिबार बिओपीको उद्घाटन गरेका हुन्। बिओपी स्थापनाले सीमा सुरक्षामा सहयोग पुग्ने उनले दाबी गरे।  

बैतडीका पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा पनि सशस्त्र प्रहरीको उपस्थिति छ। अहिले कोरोना महामारी नियन्त्रणका लागि जिल्लाका अन्य ५ ठाउँमा पनि सशस्त्र प्रहरी खटाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक सिंहले बताए। बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ।