सुदूरपश्चिम प्रदेशमा आज थप चार जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज थप चार जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप चार जनामा कोरोना पुष्टि भएको छ । शुक्रवार ५ जनामा कोरोना पुष्टि भएकोमा आज थप चार जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसंगै प्रदेशभरी संक्रमितको सङख्या १४ पुगेको छ। आज थपिएका चारै जना संक्रमितलाई सेती अस्पतालको आईसोलेसनमा राखिएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बैतडी, शिवनाथ गाउँपालिका चार जना छन् ।

आरडीटी पोजिटिभ भेटिएका २० वर्षका दुई, २२ वर्षीय एक र २७ वर्षीय एक पुरुषको पीसीआर रिपोर्ट समेत पोजिटिभ आएको हो। उनीहरु सबै जना सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत छन ।