थप ३६ मा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

थप ३६ मा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ३६ जनमा कोरोना संक्रमण पुष्टि भएको बताएको छ। शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३६ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता देवकोटाले सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको बताए। उनीहरु संक्रमणको आशंकामा सेती अस्पतालको आइसोलेसमा थिए।

उनीहरुको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि पीसीआर विजधिबाट परीक्षण गर्दा पनि पोजेटिभ नै आएको प्रवक्ता देवकोटाले बताए। संक्रमित २० वर्षीय २ जना २२ वर्षीय १ र २७ वर्षीय १ गरी चार पुरुष रहेका छन्।

त्यस्तै कोशी अञ्चलको प्रयोगशालामा गरिएको परीक्षणमा झापाको झापा गाउँपालिकाका डिल्लीराज मावि क्वारेन्टिमा रहेका ३३ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ।