धनगढी बसपार्कमा सहचालक मृत फेला

धनगढी बसपार्कमा सहचालक मृत फेला

धनगढी : धनगढी उपमहानगरपालिका—४ स्थित बस बिसौनी परिसरमा शुक्रवार ना ४ख ४२६४ नं. को बसका सहचालक मोहन बोहरा मृत भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले बाजुरा जिल्लाको ढाटाकोटका अन्दाजी ४५ वर्षीय बोहरालाई बस बिसौनी परिसरमा मृत फेला पारिएको जानकारी दिनुभयो ।

बोहराको मृत्यु शङ्कास्पद रहेको छ ओलीले बताउनुभयो । उक्त घटनामा अनुसन्धानका लागि चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।