सुदूरपश्चिममा आज कोरोना पुष्टि भएका चारै जनाको सेती अस्पतालमा उपचार हुदै

सुदूरपश्चिममा आज कोरोना पुष्टि भएका चारै जनाको सेती अस्पतालमा उपचार हुदै

गौरीफन्टा नाका हुदै नेपाल फर्किएका बैतडीका थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शिवनाथ गाउँपालिकाका २० बर्षीय दुई, २२ र २७ वर्षीय गरेर चारजना पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनीहरु गौरीफन्टा नाकाबाट स्वदेश फर्किएका थिए। नाकामा चेकजाँच गर्दा पोजिटिभ रिपोर्ट आएका उनीहरुको पीसीआर रिपोट पनि पोजिटिभ आएको हो। उनीहरु भारतको मुम्बइ र नासिकबाट आएका हुन्।

संक्रमित युवक सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा छन्। योसंगै बैतडीमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ भने सुदूरपश्चिममा संक्रमित संख्या १४ पुगेको छ। संक्रमित मध्य ५ जना भने निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन ।