भारतबाट फर्किएका १९५९ जना नेपालीलाई आज पनि गौरीफन्टा नाकाबाट उद्दार

भारतबाट फर्किएका १९५९ जना नेपालीलाई आज पनि गौरीफन्टा नाकाबाट उद्दार

धनगढी : भारतबाट फर्किएर नेपाल–भारत सिमाना गौरीफन्टा नाकामा अलपत्र परेका १ हजार ९ सय ५९ नेपालीको आज उद्दार गरिएको छ । सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई आज पनि स्थानीय प्रशासनको समन्वयमा उद्धार गरिएको हो ।

कोरोनाका कारण भारतमा बेरोजगार भएपछि आजभोली गौरीफन्टा नाका भएर  नेपाल फर्कनेको संख्या दिन प्रति दिन बढ्दै गएको छ । आज मात्रै एक हजार ९ सय ५९ जनाको उद्धार भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

उद्धार गरिएका नागरिकहरुलाई सम्बन्धीत स्थानीय तहमा पठाइएको छ । यसैगरी नेपालमा अलपत्र परेका ८६ जना भारतीय नागरिकलाई भारत पठाइएको छ ।