नेपालमा फेरी थप ७ जनामा कोरोना संक्रमण

नेपालमा फेरी थप ७ जनामा कोरोना संक्रमण

नेपालमा एकैदिन ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार ६८ जनामा देखिएको बताइसक्दा साँझ फेरि ७ जनामा कोरोना देखिएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जनामा कोरोना देखिएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले शनिबार साँझ रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।