स्वाथ्यका लागि किन जरुरी छ ओखर : जान्नुहोस यति धेरै फाइदा

स्वाथ्यका लागि किन जरुरी छ ओखर : जान्नुहोस यति धेरै फाइदा

जाडोमा शरीरलाई तातो र ऊर्जाशील बनाउनका लागि ओखर राम्रो स्रोत हो । जाडोमा यसको सेवनले शरीरलाई फाइदा हुन्छ । यसमा जरूरी पोषक तत्त्व, मिनरलहरू, एन्टीअक्सिडेन्ट र भिटामिन हुन्छन् जसले शरीरका धेरै रोगहरू भगाउँछन् ।

दिनको एक ओखर खानुका फाइदा यस्ता छन् 

- दिनदिनै एउटा ओखर खाँदा शरीरमा ऊर्जा कायम रही कोलेस्ट्रोल पनि नियन्त्रणमा रहन्छ । यसमा भएको एन्टीअक्सिडेन्ट र ओमेगा थ्री फ्याट्टी एसिडले मुटु स्वस्थ राख्छ । 

- ओखर दिनदिनै दूधका साथ खाँदा घुँडा, जोर्नी र कम्मरको पीडा हराउँछ । 

- बच्चाहरूलाई दूधसँग एउटा ओखर खुवाउँदा दिमाग तीखो हुन्छ । 

- स्याउ, दालचिनी र ओखरको सलाद बनाएर दिनदिनै खाँदा तौल घट्छ । अनि यो खाँदा दिनभरि ऊर्जा प्राप्त हुन्छ । 

- राति सुत्नुअघि एक ओखर खाँदा राम्रो निद्रा लाग्छ । त्यसमा भएको मेलाटोनिन हर्मोनले तपाईंलाई निद्रा लगाउँछ । 

- ओखर सेवनले महिलामा मधुमेह र स्तन क्यान्सरलाई घटाउँछ । 

- यसमा भएका भिटामिन बी र एन्टीअक्सिडेन्ट गुणले छालालाई सुब्खापन र फी –याडिकलबाट बचाउँछ । छालामा डण्डीफोर र चाउरी पर्न पाउँदैन । कपाल पनि राम्रो हुन्छ । 

- दिनदिनै बिहान ओखर खाँदा मानसिक रोग उत्पन्न गर्ने हानिकारक फ्री –याडिकलहरू नष्ट हुन्छन् ।