स्वयम्भुमा कार्यरत (असई) मृत अबस्थामा फेला

स्वयम्भुमा कार्यरत  (असई)  मृत अबस्थामा फेला

नेपाल प्रहरीको महानगरीय प्रहरी प्रभाग स्वयम्भुमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई)  मृत अबस्थामा फेला परेका छन । 

स्वयम्भुमा कार्यरत असई विष्णुबहादुर कार्की गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् । उनको टाउकोमा गोली लागेको छ । 

के कारणले र कसले हानेको हो भन्ने खुल्न नसकेको प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले जानकारी दिनुभयाे ।  यद्यपि, महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले आफैंले आफूलाई गोली प्रहार गरेको देखिएको बताउनुभयो।